Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्ड नियतीः बिचौलियाको घरमा बास, सत्ता छाड्नुपर्दा बिचौलियाकै त्रास

शनिबार, असार २९, २०८१

काठमाडौं– प्रधानमन्त्री पदबाट मुक्त भएपछि पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारै निजी निवास खुमलटार सरिसकेका छन्। 

उनले पदमुक्त हुनुअघि प्रतिनिधि सभामा जोडदार भाषण गरे। सत्ता गुम्दा र कांग्रेस–एमालेको मिलनविन्दुमा उनले बिचौलियाको त्रास देखेका थिए। 

प्रचण्डले भने,‘ओम्नी, यति र गिरीबन्धुको कुरा छ। बालुवाटारको ललिता निवास, बालमन्दीर, बाँसबारीको जग्गाको फाइल खुलेपछि तिनै बिचौलियाले सदनका दुई ठूला पार्टी मिलाइदिए। सरकार गिराइदिए।’

सुन्दा लोकप्रिय र टिठलाग्दो तथ्य प्रचण्डले बताए पनि उनी स्वयम् दूधले नुहाएका भने होइनन्। उनी निजी निवास जहाँ बस्छन् त्यो पनि देशको एउटा महाबिचौलियाका रुपमा दरिएका ठेकेदारको घर हो। 

शारदाप्रसाद अधिकारीको घरमा बसेका प्रचण्डले अन्य बिचौलियाको विषय उठाएर सत्ता छाड्नुपर्दाको बियोग सुनाउन नहुने एक नेता बताउँछन्। 

अधिकारीका शैलुङ कन्स्ट्रक्शनले देशका विभिन्न सडकका ठेक्का लिएको थियो। तर, समयमा काम नसक्दा अधिकारीको बिरोधमा विभिन्न क्षेत्रका स्थानीयवासी आन्दोलित समेत भएका थिए। 

उनै प्रचण्डको छत्रछायाँमा अधिकारीको मनोपोली चल्दै आएको छ। 

अर्काचाहिँ गृहमन्त्री रवि लामिछानेले पनि सदनमा भडाँस पोखेका थिए। देशका सबैभन्दा ठूला सहकारी ठगीको आरोप लागी फरार रहेका जीबी राई लामिछानेका टेलिभिजनका साझेदार थिए। 

जीबीलाई लामिछानेले पक्राउ गरेनन्। गर्ने चाहना देखाएको भाषण गरे तर कार्यान्वयनमा लगेनन्। 

उनीबारे त सदनमा नै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रश्न नै उठाए। त्यसबेला भने लामिछानेको अनुहार लाजले भुतुक्क भएको शाहीको भनाई थियो। 
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्