Nic Ad Nic Ad
Nic Ad Nic Ad

१० औँ राष्ट्रिय खेलकुदमा ३५ खेल राख्ने राखेपको प्रस्ताव

शनिबार, असार २९, २०८१

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुदका लागि ३५ खेलमा ४१९ प्रतिस्पर्धा प्रस्ताव गरेको छ । राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा आयोजित बैठकमा यस्तो प्रस्ताव गरेको राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए ।

गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये प्याराग्लाइडिङबाहेक ३५ खेल प्रस्ताव गरिएको उहाँको भनाई छ । राखेपले यस अघि नै १० औँ राष्ट्रिय खेलकुद आउँदो मङ्सिर २ देखि ९ गतेलाई प्रस्ताव गरिसकेको छ ।

त्यसअघि विभिन्न छ खेलको प्रतियोगिता कात्तिक २७ देखि नै शुरु गर्ने गरी प्रस्तावे छ । १० औँ राष्ट्रिय खेलकुद सकिएलगत्तै नेपालमा पहिलो पटक कर्णालीमै पारा खेलकुद पनि आयोजना हुनेछ । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्