Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनलाइन ठगी गर्ने एक महिला पक्राउ

शनिबार, असार २९, २०८१
samridhi jewllers

दमौली– जिल्ला प्रहरी कार्यालयले अनलाइनमार्फत ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।

निजले तनहुँको व्यास नगरपालिका-१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर रु पाँच लाख ठगी गरेकी थिइन् । 

पक्राउ परेकी थापा विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्