Nic Ad Nic Ad
Nic Ad Nic Ad

गंगालाल अस्पतालले साउन १ देखि १२ घण्टा अपरेसन गर्ने

शनिबार, असार २९, २०८१

काठमाडौँको बाँसबारीस्थित ‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’ अस्पतालले आगामी साउन १ देखि १२ घण्टा अपरेसन सेवा दिने भएको छ। 

अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभागका प्रमुख डा. रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको हो। 


कार्डियोभास्कुलर सर्जरी विभागमा दिनानुदिन अपरेसन गर्नुपर्ने बिरामीको चाप बढ्दै गइरहेको तर बिहान ९ बजे अपरेसन सुरु गर्दा एउटा अपरेसन थिएटरमा सरदर दुईटाभन्दा बढी अपरेसन गर्न नसकिने भएकाले दैनिक सेवा अवधि बढाउने निर्णय गरिएको उनको भनाइ छ। 


यसका लागि आवश्यक नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारी व्यवस्था गरिदिन उनले अस्पतालका कार्यकारी निर्देशकसँग अनुरोध गरेका छन्।

ती कर्मचारी बिहान ७ बजेदेखि राति ९ बजेसम्मका लागि उपलब्ध गराई उनीहरूको यातायातको प्रबन्धसमेत मिलाइदिन डा. कोइरालाले माग गरेका छन्। 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्