Nic Ad Nic Ad
Nic Ad Nic Ad

कटानबाट जोगाउन बरुवा नदीमा अस्थायी बाँध निर्माण

शनिबार, असार २९, २०८१

गाईघाट– वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित बरुवा नदीमा आएको बाढीले बरुवा बाँधलाई क्षति  पुर्‍याएको छ ।  यसबाट गाईघाट बजार क्षेत्रमा कटानको जोखिम बढेपछि अस्थायी बाँध निर्माण सुरु भएको छ ।

त्रियुगा नगरपालिकाले गाईघाट बजार क्षेत्रमा कटान रोक्न बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको जनाएको छ । 

स्थानीयवासी सहित तीनवटै सुरक्षा निकायको सहकार्यमा बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बताए । झण्डै तीनसय मिटर लम्बाई र दश मिटर चौडाइको भित्रपट्टिको भूभाग बरुवा नदीले कटान गरेको थियो।

ढुंगा, बोरामा बालुवा भर्ने र बोरामा बालुवा र ढुंगा राखेर तार जालीले बाँधेर अस्थायी तटबन्धन निर्माण गरिएको हो । त्रियुगा नगरपालिकाको वडा नम्बर ११, १२ र १० का दुई हजार घरपरिवारसहित गाईघाट क्षेत्रमा बाढीको डुबान र कटानको जोखिम अन्त्य भएको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्