Nic Ad Nic Ad
Nic Ad Nic Ad

गैंडाकोटको थुम्सीमा भेटिए दुई वटा शव, बेपत्ता बसका यात्रु हुन सक्ने अनुमान

शनिबार, असार २९, २०८१

भरतपुर- नवलपुरको गैंडाकोट थुम्सीमा २ वटा शव फेला परेको छ । नदी किनारमा दुई वटा शव भेटिएको भन्दै स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । नदी किनारमा दुई वटा शव भेटिएको, तर पहिचान नखुलेको प्रहरी निरीक्षक सुदीप भण्डारीले बताए ।

उनका अनुसार ती शव दुई दिनअघि चितवनको सिमलतालमा बेपत्ता भएको बसका यात्रु हुन सक्ने अनुमान गरिएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ७ गैरी नजिक गैह्रीमा शव भेटिएको हो । यो स्थान महेन्द्रराजमार्गको थुम्सी नजिक हो, प्रहरीले भन्यो, स्थानीय र प्रहरी खटिएका छन् । आज बिहानमात्रै भरतपुर महानगरपालिका २८ गोलाघाटमा बेपत्ता बसका एक यात्रुको शब भेटिएको छ ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्