Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुलुकलाई स्थायित्व दिन एमाले कांग्रेस मिल्नुपरेको हो : आनन्द पोखरेल

शनिबार, असार २९, २०८१

काठमाडौं नेकपा (एमाले) का नेता आनन्द पोखरेलले मुलुकलाई स्थायित्व दिनको लागि पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको बताएका छन् ।

samridhi jewllers

शनिबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले धेरै दल भएको कारण मुलुकमा राजनीतिक अस्थिरता भएको टिप्पणी गर्दै मुलुकलाई स्थायित्व दिनको लागि ठूला दल मिलेर सरकार बनाउन लागेको बताएका हुन् ।

दुई दलबीच भएको सहमति शुक्रबारबाटै कार्यान्वयन सुरु भैसकेकोले अब बाँकी सहमतिका बुँदाहरू पनि विस्तारै कार्यान्वयन हुने बताए ।

कांग्रेस र एमालेबीच चौथो पटक संयुक्त सरकार बन्न लागेको भन्दै जनता र नागरिक समाजमा देखिएको आशंका हटाउनेगरि अब बन्ने सरकारले काम गर्ने उनले बताए ।

 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्