Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपचुनावमा पनि मोदीलाई धक्का, १३ मध्ये १० सिटमा विपक्षी गठबन्धको जित

शनिबार, असार २९, २०८१

काठमाडौँ - हालै सम्पन्न लोकसभा निर्वाचनमा धक्का खाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले उपचुनावमा पनि नराम्रो पराजय व्यहोरेको छ।

बुधबार विभिन्न राज्यका १३ लोकसभा सिटमा उपचुनाव भएको थियो। शनिबार सार्वजनिक गरिएको उक्त चुनावको नतिजा अनुसार कुल १३ सिटमध्ये भारतीय कांग्रेसले नेतृत्व गरेको गठबन्धनले १० सिटमा जित हात पारेको छ। 

भाजपा नेतृत्वको गठबन्धन भने केवल दुई सिट जित्न मात्रै सफल भएको छ । बाँकी १ सिटमा स्वतन्त्र उम्मेदवार बिजयी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विपक्षी इन्डिया गठबन्धनका कांग्रेसले ४, तृणमूल कांग्रेसले ४ तथा डीएमके र आम आदमी पार्टी एकर एक सीटमा जीत हासिल गरेका छन्। पश्चिमबंगालका ४ सिटमा भएको उपचुनावमा विपक्षी ुइन्डियाु गठबन्धनमा आवद्ध तृणमूल कांग्रेसले ४ वटै सिट जितेको छ। 

कांग्रेसले हिमाञ्चलमा २ र उत्तराखण्डमा २ सिट जितेको छ। त्यस्तै आम आदमी पार्टीले पञ्जावको १ सिटमा भएको चुनावमा जित प्राप्त गरेको छ। त्यस्तै तमिलनाडुको १ सिटमा डिएमके बिजयी भएको छ। भाजपा भने मध्य प्रदेशको १ र हिमाञ्चल प्रदेशको १ सिट मात्रै जित्न सफल भएको छ। बिहारको १ सिटमा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन्।


 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्