Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित

शनिबार, असार २९, २०८१

काठमाडाैं -मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको छ। शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिश कुमार सिंहले पेस गरेको आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको हो।

बैठकमा छलफलको क्रममा उठेको प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले यथावत राखेको जानकारी दिँदै उनले यसमा कुनै प्रकारले परिवर्तन नगरिएको बताए ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकार गठन हुँदा र बजेट बनाउदा थोरै समय पाएका कारण करको विषयमा समीक्षा समेत गर्न नपाएको बताए । मुख्यमन्त्री सिंहले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञहरूसँग परामर्श गरेर यस विषयमा छलफल गरेर नीति निर्माण गरेर अगाडि बढ्ने बताए ।

 उनले कृषि क्षेत्रको विकास गरेर मधेसको आम्दानी बढाउन सक्ने र आत्म निर्भर बनाउन सक्ने भएकाले यस तर्फ सरकार गम्भीर रहेको बताए । 

आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै जसपा नेपालका प्रदेशसभा सदस्य रामअशिष यादवले जनतालाई समस्यामा पारेर कुनैपनि प्रकारको कर लगाउन उचित नरहेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्