Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणी किनारमा मृत भेटिएका एक पुरुषको पहिचान खुल्यो

शनिबार, असार २९, २०८१

चितवन- नारायणी नदी किनारामा भेटिएका दुई शव मध्ये एकको पहिचान खुलेको छ ।

काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार सर्लाहीको बरहथवा– ३ घर भएका १९ वर्षीय रमितकुशर माझीको पहिचान खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुबा रवीन्द्र कुशर माझीले रमितकुशरको पहिचान गरेका हुन् । उनको शव शनिबार दिउँसो नवलपरासीको गैटाकोटस्थित नारायणी नदी किनारमा भेटिएको थियो ।

शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोलीले शनिबार तीन वट शव भेटाएको थियो । अन्य दुईको पहिचान खुल्न बाँकी छ ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्