Nic Ad Nic Ad
Nic Ad Nic Ad

पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकमा देशभरमै सबैभन्दा बढी वर्षा

शनिबार, असार २९, २०८१

काठमाडौँ - मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) राति ९ बजेर १० मिनेट जाँदा दिएको विवरणअनुसार सिन्धुपाल्चोकका ३ स्थानमा मध्यम वर्षा मापन भएको हो।  सार्वजनिक वर्षा मापनअनुसार पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोकका ढुंगेमा ३८.८, मेलम्ची–घ्याङमा ३५.८ र तार्के घ्याङमा २४.८ मिलिमिटर वर्षा भएको हो।  यस्तै सो अवधिमा सिन्धुलीको रानीचुरीमा २०.२ मिलिमिटर वर्षा भएको छ। अन्य स्थानमा योभन्दा कम मात्राको वर्षा भएको छ। 

पछिल्लो ३ घण्टामा देशको पश्चिमभन्दा पूर्वी क्षेत्रमा वर्षा भएको छ। 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्