Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज तरकारी, फलफूल र माछाको थोक मूल्य कति?

आइतबार, असार ३०, २०८१

काठमाडौं -कालीमाटी तरकारी बजारमा आज लोकल घिउ सिमीको मूल्य बढेर प्रतिकिलो २१० रुपैयाँ तय भएको छ। हिजो लोकल घिउ सिमीको थोक मूल्य १४४ रुपैयाँ थियो।

samridhi jewllers

आज हरियो खुर्सानीको मूल्य पनि घटेर ११० रुपैयाँ प्रतिकिलो थोक मूल्यमा बिक्री भइरहेको छ। हिजो हरियो खुर्सानको १३० रुपैयाँ थियो।

यस्तै, आज भारतीय र नेपाली ठूलो गोलभेडाको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकिलो ५ रुपैयाँले घटेर आज ११५ रुपैयाँ थोक मूल्य तय भएको छ। आज भारतीय ठूलो गोलभेडाको पनि ११५ रुपैयाँ छ।

सानो लोकल गोलभेडाको आज ४५ रुपैयाँ तय हुँदा टेनलको गोलभेडाको मूल्य ५५ रुपैयाँ छ। लोकल काक्रोको मूल्य पनि आज घटेर ११५ रुपैयाँ प्रतिकिलो थोक मूल्य तय भएको छ। हिजो लोकल काक्रो १३२ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो।


 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्