Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधि सभाको बैठक सोमबारका लागि सर्‍यो

आइतबार, असार ३०, २०८१

काठमाडौँ - प्रतिनिधि सभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । आज (आइतबार) अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ ।

यसैगरी आइतबार अपराह्न १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्