Nic Ad Nic Ad
Nic Ad Nic Ad

बङ्गुर, बाख्रा र कुखुरापालनबाट आकर्षक आर्जन

आइतबार, असार ३०, २०८१

तुलसीपुर (दाङ) - तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुनुहुन्छ । उहाँ २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिहेका छन् ।

उहाँले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गरेका छन्। करिब रु १० लाख लागतमा उनले व्यवसाय सुरु गरेका छन् । स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले काम प्रारम्भ गरेको राससलाई बताए।

“धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन्, तर यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ”, थापाले भने । उनले वार्षिक रु १५–२० लाख आम्दानी गर्दै आएको बताए ।

बीस वर्ष सशस्त्र प्रहरी बल नेपालमा सेवा गर्नुभएका थापासामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहनुभएका उनी भन्छन् “मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए”, उनले भने, “ अब समाजलाई सकेको सहयोग गर्छु । ”


 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्