Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवलपुरको गैडाकोट नारायणी नदी किनारमा थप एक जनाको शव फेला

आइतबार, असार ३०, २०८१

नवलपरासी - नवलपुरको गैडाकोट ७ गैरी स्थित नारायणी नदीको बीच टापुमा थप एक जनाको शव फेला परेको छ । 

उक्त शव त्रिशुलीमा खसेका दुई वटा बस मध्येको भएको हुन सक्ने आशंका गरिएको छ । 


इलाका प्रहरी कार्यालय गैडाकोटका अनेसार बालुवाले पुरि ढाड मात्र देखिएको अवस्थामा एक जना पुरुषको शव फेला परिएको हो । 


शवको मुचुल्का तयार पार्ने काम भईरहेको प्रहरीले जनाएको छ । यता चितवनको राप्ती र नारायणी नदीको दोभान गोलालघाटमा पनि एक जनाको शव भेटिएको छ । 

यस अघि हिजो गोलालघाटमा एक जना र गैडाकोट ७ गैरीमा २ जनाको शव फेला परेको थियो । उनीहरु ३ जना नै त्रिशुलीमा खसेका बसका यात्रुहरु रहेको पुष्टि भएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्