Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनुचित सम्बन्ध राख्न अस्वीकार गर्ने महिलाको नाक काटेको आरोपमा ४ जना पक्राउ

आइतबार, असार ३०, २०८१

काठमाडौँ– आठ महिनाअघि एक जना महिलाको नाक काटेको आरोपमा ४ पुरुष पक्राउ परेका छन् । घटना पाकिस्तानको डेरा गाजी खान जिल्लास्थित शाह सदरद्दीन क्षेत्रको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार जफार लसहारी र अन्य तीन जनाले ती महिलासँग अनुचित सम्बन्ध राख्न खोजेका थिए । तर ती महिलाले त्यस्तो सम्बन्ध राख्न नमानेका कारण चक्कुले उनको नाक काटेर भिडियो खिचेका थिए ।


तर, घटनाबारे कुनै उजुरी दर्ता नभएको भन्दै प्रहरीले उनीहरुलाई कारवाही गर्न अस्वीकार गरेको थियो । यद्यपि पछि पाकिस्तानको राष्ट्रिय मानव अधिकार आयोगले उक्त घटनाबारे चासो देखाएको थियो ।

प्रहरीका अनुसार पीडितकी बहिनीले दिएको जाहेरीका आधारमा संदिग्धलाई पक्राउ गरिएको हो ।


 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्