Nic Ad Nic Ad
Nic Ad Nic Ad
सहकारी प्रकरण

के पक्राउ परिने त्रासमा छन् रवि लामिछाने, यस्तो छ तथ्य

आइतबार, असार ३०, २०८१

काठमाडौं– सत्ता र कुर्सीबाट ओर्लिँदै गर्दा प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पदमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भनेका थिए,‘राजनीतिमा जेल बस्नै पर्ने रहेछ। मैले नेपालगञ्जमा जेलको उद्घाटन गरेको छु। मबाटै पक्राउ सुरु गर्नुहोला।’

गृहमन्त्रीको पदबाट निस्कने क्रममा लामिछानेले दिएको यो आवेगपूर्ण चेतावनी पछाडिको कारण के हो? के उनलाई अबको सरकारले पक्राउ गर्ने तयारीका बारेमा पूर्वजानकारी भएको हो? अथवा पक्राउ गर्छन् भन्ने त्रासमा रहेकाले त्यस्तो बताएका हुन्? यी प्रश्नमा उत्तरको खोजीनीति गरिएको छ। 

कांग्रेसका एक नेता भन्छन्,‘उहाँलाई थाहा छ कि सहकारी प्रकरणमा आफू संलग्न भएको विषय कांग्रेसले निकाल्यो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि यसको अनुसन्धान जारी गरेको छ। प्रहरीको प्रतिवेदनमा पनि नाम छ। पक्राउ परिने सम्भावना त बलियो देखिन्छ।’

महान्यायाधीवक्ताको कार्यालयले त्यस्तो विषय नरहेको दबाबमा गरिएको विषय पनि कांग्रेसले उठाएको थियो। सरकार परिवर्तनसँगै महान्यायाधीवक्ता पनि परिवर्तन हुने परम्परा छ। नयाँ गठबन्धनले छाड्दैन भन्ने त्रासमा लामिछाने रहेको अनुमान स्वभाविक रुपमा गर्न सकिने नेताहरू बताउँछन्। 

लामिछानेको त्रास मात्र नभएर यो विषयमा कांग्रेसको नैतिक परिक्षाको प्रश्न समेत रहेको देखिन्छ। 

सहकारी प्रकरणमा लामिछानेमाथि छानबिनको माग निरन्तर उठाइरहेको कांग्रेसले गृह मन्त्रालय सम्हाल्दैछ। उसका निम्ति सहकारी प्रकरणको निष्पक्ष छानबिन मात्र होइन, लामिछानेको संलग्नता पुष्टि गर्नुपर्ने चुनौति पनि छ। 

यति मात्र होइन सदनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गोर्खा मिडियाका सञ्चालक तथा लामिछानेका व्यावसायीक मित्र गितेन्द्रबाबु राई उर्फ जीबी मलेसियामा रहेको भनी दाबी गरेका थिए। दाबी मात्र होइन, शर्माले पक्राउ गर्न किन डराएको भनी प्रश्न समेत गरेका थिए। यसैकारण राईलाई पक्राउ गरी ल्याउने दायित्व पनि कांग्रेसका निम्ति नैतिक कारण बन्नेछ। 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्