Nic Ad Nic Ad
Nic Ad Nic Ad

सारुक आत्महत्या र सानु मृत्युपछि गुमनाम भएकी नम्रता श्रेष्ठ कहाँ  छिन् 

आइतबार, असार ३०, २०८१

काठमाडौं– पछिल्लो समय आत्महत्या गरेका अभिनेता सारुकका बाबु सानु ताम्राकारको मृत्युपछि अभिनेत्री नम्रता श्रेष्ठ गुमनाम भएकी छन्।

अभिनय अनि प्रेमका कारण सँधै चर्चा र बिख्यातीमा रहेकी उनको उदयसँगै निजी भिडिओ सार्वजनिक भएका कारण करिअरमा केही धक्का लागेको थियो। तर विस्तारै फिल्म क्षेत्रमा बौरिए पनि विवादबाट श्रेष्ठ कहिले पनि मुक्ति पाउने स्थितिमा पुगिनन्। 

अहिले गुमनाम रहेकी नम्रता सानु तम्राकार मृत्युको कारण रहेको भनी चर्चा गरियो। किनकी सारुक ताम्राकारले श्रेष्ठका कारण नै आत्महत्या गरेको र उनकै पीरले सानुको मृत्यु भएको दाबी गरिन्थ्यो। 

यो विवादका क्रममा नम्रता प्रतिवादमा उत्रिएकी थिइन्। तर त्यसपछि भने उनी सामाजिक सञ्जाल न फिल्मका कार्यक्रम कतै पनि देखिएकी छैनन्। 
पछिल्लो पटक उनको प्रेम सम्बन्ध निर्मल पुर्जा नामका हिमाल आरोहीसँग रहेको चर्चा थियो। त्यसअघि सारुक ताम्राकारसँग उनको प्रेमको चर्चा हुने गरेको थियो।  

सन् १९८५ जुन १४ तारिखमा धरानमा जन्मिएकी हुन् नम्रता श्रेष्ठ। नम्रता श्रेष्ठले चलचित्र ‘सानो संसार’बाट आफ्नो करिअर सुरु गरेकी हुन्। यो चलचित्रमा अभिनय गरेपछि नै दर्शकको मनमा बसेकी नम्रताले यसपछि चलचित्र ‘मेरो एउटा साथी छ’मा अभिनय गरिन्। क्षेत्रमा उदाउँदै गरेको करिअरमा ब्रेक लागेपछि नम्रता केही समय गुमनाम जस्तै बनिन्। यसपछि, फेरि उनले करिअरलाई अगाडि बढाइन्। अहिले फेरि गुमनाम छिन्। 

नम्रताले अभिनय गरेका ‘नोभेम्बर रेन, क्लासिक’ लगायतका फिल्मले उनलाई नयाँ उचाईमा पनि लगेकै हो। ‘क्लासिक’बाट त उनले अधिकांश अवार्ड जितेकी थिइन्।

बर्षमा थोरै चलचित्रमा काम गर्ने तर फरक स्वाद दिने भएकाले नै नम्रतालाई उनका फ्यानले निकै रुचाउँछन्।

नम्रता श्रेष्ठ करिअरमा प्रेमको चर्चाले पनि सधै रंगिन्छिन्। सारुक ताम्राकारअघि उनी दावा शेर्पासँगको प्रेममा थिइन्। त्यसअघि पनि उनका अनेक प्रेमी रहेको चर्चा भएको थियो। उनी आफैंले एउटा कार्यक्रममा तीन जना प्रेमी रहीसकेको बताएकी थिइन्। 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्