Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस कोइराला समूहको अलग बैठक, मन्त्रीमा परियार र भण्डारीको नाममाथि छलफल 

आइतबार, असार ३०, २०८१

काठमाडौं– सरकार सहयात्री नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बसेको छ। विशालनगरमा बसेको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाममाथि छलफल चलेको छ। 

सरकारमा मन्त्रीका निम्ति कोइराला समूहबाट जीवन परियार र चन्द्र भण्डारीको नाममाथि छलफल भएको उच्च स्रोतले जनाएको छ। 

यसअघि महामन्त्री गगन थापा मन्त्रीमा नजाने निश्चित नै छ। बैठकमा कोइराला, थापासहित परियार, भण्डारी।, डा. मिनेन्द्र रिजाल, उपसभापति धनराज गुरुङलगायत सहभागी छन्।
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्