Nic Ad Nic Ad
Nic Ad Nic Ad

चार मन्त्री माग गर्ने डा. शेखर-गगन समूहको निर्णय

आइतबार, असार ३०, २०८१

काठमाडौँ- नेपाली काँग्रेसको डा. शेखर कोइराला-गगन थापा समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ ।

विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले काँग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।बैठकमा सहभागी एक नेताका अनुसार समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार डा. कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।

बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी छन् ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्