Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिशूलीमा भएको दुर्घटनाका लागि विशेष राहत प्याकेज ल्याउन माग

आइतबार, असार ३०, २०८१

काठमाडौँ- चितवनको सिमलतालमा गत शुक्रवार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता व्यक्ति, चालक, सहचालक र बस धनीका लागि सरकारले विशेष राहतको प्याकेज ल्याउन पर्नुपर्ने व्यवसायीहरूले बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बस दुर्घटना भएको २ दिनसम्म पनि यात्रु र सबको खोजी राज्यले गर्न नसकेको बताए । हाल १४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् ।

उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्