नेभिगेशन
सुरक्षा–अपराध
प्रहरी अधिकारीको मतिभ्रष्ट

ट्याटुवाली अर्काकी पत्नीसँगको अश्लील संवादले एसएसपी रेग्मीको जागिर धरापमा, प्रधान कार्यालयको छानबिन

काठमाडौं– अमेरिकामा रहेका दीपक थापालाई सास्ती दिनेसहित उनकी पत्नी मञ्जु क्षत्रीसँगको अन्तरंग अश्लील संवादको भिडिओ बाहिर आएपछि नेपाल प्रहरीका बरिष्ठ उपरिक्षक (एसएसपी) दीपक रेग्मीको जागिर धरापमा परेको छ। 

प्रदेश प्रहरी कार्यालय पोखरामा पोष्टिङ रहेका रेग्मीमाथि आचरणसम्बन्धी विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन जारी राखेको उच्च स्रोतले जनाएको छ। स्रोतले भन्यो,‘धेरै विषय मिडिया र सामाजिक सञ्जालमा आइसकेका छन्। अझै पनि हामी तथ्यको खोजीनीति गरि कानुनसम्मत हिसाबले छानबिन गरी कारबाहीको सिफारिस गरिनेछ।’

रेग्मीविरुद्ध थापाले आफ्नो पत्नीसँग नजिकिएको भन्दै उजुरी दिएका थिए। उनले उजुरीमा एसएसपी रेग्मीले आफ्नी पत्नी मञ्जु क्षेत्रीसँग गैरकानूनी रुपमा अनैतिक सम्बन्ध राखी पदको दुरुपयोग गरी जबरजस्ती करणीको झुट्टा मुद्दा दर्ता गराएको दाबी गरेका छन्।

‘त्यो भएको हो या होइन भनी प्रधान कार्यालयको एउटा टिमले राम्रोसँग अनुसन्धान गरिरहेको छ। दोषी भेटिए कस्तो खालको कारबाही गरिने भन्नेसमेतको सिफारिस हुनेछ’, स्रोतले भन्यो। 

एसएसपी दीपक रेग्मीका कारण जीवन स्थिरताविहीन भएको र पहिले जसरी कहिल्यै नहुने गरी बिग्रिएको भनी थापाले दिएको उजुरीमा उल्लेख छ।

सतहमा आएको भिडिओ र अडिओ संवादमा एसएसपी रेग्मीले मदीरा पिएर कुराकानी गरेको प्रतीत हुन्छ। उनी एक महिलासँग अश्लील शव्दको बारम्बार प्रयोग गरी संवाद गरिरहेको पाइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध