Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ सत्ता समीकरणः कांग्रेसलाई गृहसहित ९, एमाले प्रधानमन्त्रीसहित ८, सानाले पनि पाउने

आइतबार, असार ३०, २०८१

काठमाडौं– २५ सदस्यीय मन्त्रिपरिषदका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भागवन्डाको टुङ्गो लागेको छ। सरकारको नेतृत्व गर्ने नेकपा एमालेले प्रधानमन्त्रीसहित अर्थलगायतका ८ मन्त्रालय पाउने तय भएको छ। 

यस्तै प्रमुख साझेदार नेपाली कांग्रेसले गृहसहित नौ मन्त्रालय लिने भएको छ। अन्य मन्त्रालयका विषयमा छलफल हुँदै जाने र सरकारको समर्थनमा आएका दललाई पनि मन्त्रालय छुट्याएर राखिएको उच्च स्रोतले जनाएको छ। 

कांग्रेस–एमाले समीकरणका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्दैछन् भने सोमबार बिहान शपथ ग्रहण राखिएको छ।
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्