Nic Ad Nic Ad
Nic Ad Nic Ad

अपराह्न ५ बजेपछि ओली प्रधानमन्त्रीमा नियुक्त हुने, शपथ सोमबार

आइतबार, असार ३०, २०८१

काठमाडौं–नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै छन् ।

उनलाई आइतबार अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालय शीतल निवासले गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न ५ बजेका लागि समय छुट्याएको उनको सचिवालयको भनाइ छ ।

संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गर्न नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन दिएका थिए ।

त्यही अनुसार शुक्रबार साँझ ओलीले देउवासहितको समर्थनमा दाबी पेश गरेका थिए । राष्ट्रपतिले दाबी पेसका लागि आइतबार साँझ ५ बजेसम्मलाई समय सीमा दिएका थिए ।

यस्तै ओलीको शपथ सोमबार बिहान ११ बजेलाई राखिएको पनि राष्ट्रपति कार्यालय स्रोतको दाबी छ । ओलीसँगै कांग्रेस र एमालेबाट बन्न लागेका अधिकांश मन्त्रीले शपथ लिँदैछन् ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्