Nic Ad Nic Ad
Nic Ad Nic Ad

भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने ओलीको तयारी

आइतबार, असार ३०, २०८१


काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई भोलि नै पूर्णता दिने तयारी भइरहेको छ ।

राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेपछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएकाले सोमबार बिहान ११ बजे शपथ समारोह राख्ने तयारी चलिरहेको छ ।

ओलीले आफूले शपथ लिँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहेका छन् ।

ओलीले एकै पटक सबै मन्त्री नियुक्त गर्न चाहेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले त्यसैअनुसार छलफल गरिरहेका छन् ।

एक नेताका अनुसार, आइतबार रातिसम्म सम्भव नभए पनि भोलि बिहानसम्म मन्त्रीहरू टुंगो लगाउने गरी देउवा लागिपरेका छन् । साना दलहरू पनि आइतबार नै मन्त्री टुंगो लगाउन छलफलमा छन् ।

पार्टीभित्र आकांक्षी सांसदहरूको संख्या धेरै रहेकाले पनि भोलि एकै पटक मन्त्रिपरिषद् पूर्णता दिन लागिएको ती नेताले बताए ।

सरकारमा सहभागी हुने साना दलहरुलाई दिएर बाँकी रहेको मन्त्रालय आधा-आधा गर्ने गरी देउवा र ओलीबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्