Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्य बीमाको परिमार्जित सुविधा थैली शुल्क भदौदेखि लागू हुने

आइतबार, असार ३०, २०८१

काठमाडौँ - स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित दर रेट कार्यान्वयन गर्ने समय एक महिना पछि सारेको छ ।

बोर्डले आइतबार सूचना प्रकाशित गर्दै परिमार्जित दर रेट १ भदौदेखि लागू हुने बताएको हो । बोर्डले यसअघि नयाँ दर रेट १ साउनदेखि लागू हुने भन्दै सूचना प्रकाशित गरेको थियो ।


सेवा प्रदायक सबै स्वास्थ्य संस्थाले नयाँ पद्धति लागू गर्न समग्र प्याकेजको अध्ययन र प्राविधिक तयारीका साथै व्यवस्थापन गर्न समय लाग्ने भन्दै लागू हुने समय सार्न आग्रह गरेको बोर्डले जनाएको छ ।

परिमार्जित दर रेटमा ओपिडी टिकट ५० रुपैयाँ तोकिएको छ । जनरल बेड चार्ज प्रतिदिन २५० राखिएको छ । सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । स्वास्थ्य बीमामा १ हजार २९० प्रकारका औषधिको शुल्क तोकिएको छ ।


 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्