Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘घर ज्वाइँ’ले दुई दिनमा कमायो डेढ करोड

आइतबार, असार ३०, २०८१

काठमाडौं- प्रदर्शनरत फिल्म ‘घर ज्वाइँ’ले सुरुवाती दुई दिनमा १ करोड ५१ लाखको व्यापार गरेको छ ।

वितरक कम्पनी आरर फिल्मस्ले आइतबार शुक्रबार र शनिबारको ग्रस कलेक्सन संयुक्त रूपमा सार्वजनिक गरेको हो ।


आरर फिल्मस् रोहित कट्टलले भने, ‘प्राविधिक कारण हामीले संयुक्तरुपमा ग्रस कलेक्सन निकालेका हौँ ।’ दयाहाङ राई र मिरुना मगर केन्द्रीय भूमिकामा रहेको यो फिल्मले दर्शकबाट राम्रो साथ पाएको छ ।

शुक्रबारको तुलनामा शनिबार हलमा दर्शकको उपस्थिति बाक्लो थियो । आइतबार पनि अपेक्षितरुपमा दर्शक हलमा पुगेको निर्माण पक्षको दाबी छ ।


पूर्वी रुकुममा छायांकन भएको यो फिल्म मगर समुदायको कथामा आधारित छ । यसमा घर ज्वाइँ बस्दा देखिने उत्तारचढवालाई निर्देशक एवं लेखक अनिल बुढा मगरले कुशल ढंगले पर्दामा उतारेका छन् ।

निर्देशक मगरलाई पटकथा एवं संवाद लेखनमा सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका हुन् ।

जिएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता जनक घर्ती मगर हुन् ।


 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्