Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस-एमालेमा भागबन्डा टुंगियो, कसलाई कुन मन्त्रालय ?

आइतबार, असार ३०, २०८१

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा टुङ्गिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको छलफलले मन्त्रालय भागबन्डा टुङ्ग्याएको हो ।

स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएकाे छ ।

यस्तै नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिने स्रोतकाे दाबी छ ।

एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्