Nic Ad Nic Ad
Nic Ad Nic Ad

युवा तथा खेलकुद मन्त्रालयलाई हेर्ने नजर बदलेको मन्त्री श्रेष्ठको दाबी

आइतबार, असार ३०, २०८१

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयलाई हेर्ने नजर फेरिएको बताएका छन् ।

चार महिना मन्त्रालय सम्हालेपछि आइतबार बिदाइ हुँदै उनले भने, ‘सुरुमा आउँदा केही नभएको जस्तो गरी हेरिन्थ्यो । अहिले मैले सुनेको दुवै (काँग्रेस-एमाले) राजनीतिक पार्टीमा युवा तथा खेलकुद मन्त्रालय लिन चाहेको भन्ने कुरा सुनेको छु ।’मन्त्री श्रेष्ठले आफूले कुनै पनि काम चर्चाका लागि मात्र नगरेको भन्दै केही नीतिगत सुधारका काम गरेको बताए । ‘मैले स्टण्डको राजनीति गरिन । नीतिगत कुराहरू हाम्रो उपलब्धि हो’, उनले भने ।

खेलकुद मन्त्रालय छाड्दा आफू दुःखी नभएको भन्दै मन्त्री श्रेष्ठले अब प्रतिपक्षको जिम्मेवारीका लागि उत्साहित भएको बताए । ‘यहाँबाट दुःखी भएर जाने कि अर्को जिम्मेवारीको लागि उत्साहित भएर जाने भन्ने हो । म चाहिँ अर्को जिम्मेवारीका लागि निकै उत्साहित भएर जाँदैछु’, उनले भने ।

आगामी दिनमा खेलकुद मन्त्रालयमा हुने गलत कामका विरुद्ध आफूले आवाज उठाउने उनले बताए ।

मन्त्री श्रेष्ठले आफ्नो १२९ दिनको कार्यकालमा भएका नराम्रा र अपुरा काम तथा त्रुटिको जिम्मा आफैँले लिने बताए । उनले आगामी दिनमा राजनीतिक नेतृत्वलाई सहयोग गर्न कर्मचारीलाई आग्रह गरे ।

‘भोलि जोसुकै मन्त्री आए पनि हाम्रो शाखा, महाशाखाहरूमा राम्रोसँग काम गरिदिनुस् । खेलकुद नीतिको कुराहरू अघि बढेको छ । यो हामीले गरेको उपलब्धि हो’, उनले भने ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्