Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

आइतबार, असार ३०, २०८१

काठमाडौँ - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भण्डारी निवास चपली पुगेका ओलीलाई भण्डारीले बधाई तथा सफलताको शुभकामना दिएकी भेटमा सहभागी एमाले नेता दीपक निरौलाले जानकारी दिए ।

ओली राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति लिएलगत्तै भण्डारीलाई भेट्न गएका थिए । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारेमा पनि अनौपचारिक छलफल भएको निरौलाले बताए ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्