Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिन्धुपाल्चोकको भोटेकोशी र इन्द्रावतीमा बाढी

सोमबार, असार ३१, २०८१

काठमाण्डौ – सिन्धुपाल्चोकको भोटेकोशी र इन्द्रावती याङ्ग्री नदीमा बाढी आएको छ । भोटेकोशी नदीको बाह्रविसे जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा बस्नेलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै इन्द्रावती याङ्ग्री नदी जल मापन केन्द्रमा पनि जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेकाले तल्लो नदी तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन भनिएको छ । आज कोशी, बागमती र गण्डकी  प्रदेशका एक, दुई  ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्