Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रपमाथि गोली प्रहारपछि वाइडेनको सम्बोधन : राजनीतिक शक्तिबिच तनाव आवश्यक छैन

सोमबार, असार ३१, २०८१

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिका बासीलाई सम्बोधन गरेका छन्। शनिबार उनका प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भए पछि वाइडेनले सम्बोधन गरेका हुन्।

ह्याइटहाउस्थित ओभलबाट उनले १० मिनेट लामो मन्तव्य दिए। उनले अमेरिकाको राजनीतिक वातावरणमा कम तापक्रम हुनुपर्ने बताएका छन्। उनले राजनीतिमा शक्तिका बिचमा सधैँ तनाव र मनमुटाब रहनु आवश्यक नरहेको बताएका छन्।

वाइडेनले शनिबारको घटनापछि राजनीति शान्तिपूर्ण हुनुपर्ने मात्र बताएनन् अमेरिकामा प्रजातन्त्र कागजमा र भनिने कुरा मात्र नभएको तथा व्यवहारमा नै लागु गर्नुपर्ने विषय भएकोमा जोड दिए।

सो घटनामा संलग्न युवाको सोही दिन सुरक्षाकर्मीको गोलीबाट ज्यान गइसकेको छ। २० वर्षीय थोमस क्रक्सको पेन्सिलभेनियामा बसोबास गर्ने गरेका छन्। उनको लक्ष्यका बारे कसैले पनि जानकारी राखेको छैन। क्रक्सको कुनै राजनीतिक वाद र विचार अझै देखिएको थिएन।

पेन्सिभेनियाको बेथल हाई स्कुलबाट ग्रयाजुएट उनी गणितमा तीक्ष्ण व्यक्तिको रूपमा भने परिचित थिए। सो कार्यक्रममा आएका ५० वर्षीय कोरे कम्पेटोरको समेत ज्यान गएको छ। राष्ट्रपति वाइडेनले ज्यान गुमाउने ती ५० वर्षीयलाई नायकको संज्ञा दिएका छन्। ट्रम्पमाथि गोली प्रहार भएपछि वाइडेनको उनको विरुद्धमा आवाज राख्न छाडेका छन्। रिपब्लिकन सिनेटर जेडी भान्सका अनुसार यस घटना अघि ट्रम्पले वाइडेनलाई तानाशाह र फाँसीवादीको रूपमा प्रस्तुत गर्दै कुनै पनि हालतमा उनलाई अघि बढ्न दिन नहुने आशय व्यक्त गरेका थिए।

अहिले सो घटनामा संलग्न युवाको बारे जानकारी लिन सुरक्षा अमेरिकी गुप्तचर निकाय एफबिआई तथा सुरक्षा निकायले प्रयास गरे पनि धेरै पत्ता लागेको छैन। यसैगरी गोली लागेका पूर्व राष्ट्रपति तथा राष्ट्रपति पदका प्रत्याशी डोनाल्ड ट्रम्पले सबै अमेरिकी एकजुट हुनु आवश्यक रहेको बताएका छन्।

सोमबार नै विन्सकनमा रिपब्लिक सम्मेलन हुँदैछ। यसका लागि ट्रम्प त्यस स्थानमा पुगी सकेका छन्। सोही सम्मेलनमा ट्रम्पले चुनावमा आफूसँगै जाने सबैको नाम सार्वजनिक गर्ने सम्भावना पनि छ। अहिले बटलरमा बसोबास गर्ने सबैलाई यसले आश्चर्यमा पारेको छ। धेरैले आइबार बिहान चर्चमा गएर ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

घटनापछि धेरै किसिमको प्रतिक्रिया बाहिर आएका छन्। कति रिपब्लिकनले वाइडेनको बयानबाजी एउटा मुख्य कारण भएको बताएका छन्। रिपब्लिकनका विधायक टिम बर्चेटले सञ्चार क्षेत्रले ट्रम्पको विरुद्धमा नकारात्मक धारणा फैलाएका कारण यसैको असर परेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्