Nic Ad Nic Ad
Nic Ad Nic Ad

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सोमबार, असार ३१, २०८१

काठमाडौँ - संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ ।

सचिवालयले दुवै सदनको बैठक बोलाएपछि सम्भावित कार्यसूची भने सार्वजनिक गरेको छैन । 

सत्ता समीकरण परिवर्तन भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । उनी आइतबार चौथो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्