Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्द्रावतीको बाढीले मेलम्चीको भोताङ सडक बगायो

सोमबार, असार ३१, २०८१

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको इन्द्रावती खोलामा गएराति आएको बाढीले मेलम्ची भोताङ सडक अन्तर्गत धेरै ठाउँ बगाएको छ ।

चिण्डे झोलुङ्गे पुल र निर्माणाधीन मोटर पूलको निर्माणाधीन संरचना समेत बगाएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।


बाढीले  तटीय क्षेत्रको खेती योग्य जमिन समेत बगाएको छ । हेलम्बु, पाँचपोखरी र बाह्रबिसे क्षेत्रमा अझै  विपतको खतरा रहेकाले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना जारी गरेको छ ।

नेता तामाङले भने, ‘यस पटक सिन्धुपाल्चोकमा तुलनात्मक रुपमा जोखिम कम हुन्छ कि भन्ने सबैले आशा गरेका थियौँ । तर अब मनसुन अवधिभर सतर्कता अपनाउन सबैमा हार्दिक अपिल गर्दछु ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्