Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, शेखर-गगन समूहबाट को-को ?(सूचीसहित)

सोमबार, असार ३१, २०८१

काठमाडौं - नेपाली कांग्रेसले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । सत्ता समीकरण फेरिएपछि कांग्रेसको भागमा ९ मन्त्रालय परेको छ ।

जसमा चार मन्त्रालय संस्थापन इतरका शेखर कोइराला र गगन थापा नेतृत्वको समूहलाई दिइएको छ । कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय परेका छन्।

काठमाडौं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् । उनले ऊर्जा वा रक्षा मन्त्रालयको विभागीय जिम्मेवारी पनि पाउनेछन् ।

गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया र सहरी विकासमा किशोरसिंह राठौरको नाम तय भएको छ ।

यस्तै शेखर–गगन समूहको मन्त्री बन्ने चार जनामा प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम तय भएपनि यसबारे थप छलफल भइरहेको स्रोतले बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त भइसकेका छन् । उनले आज (सोमबार) शपथ लिँदैछन् । उनीसँगै शपथ लिने कांग्रेस र एमालेबाट मन्त्रीको पनि टुंगो लगाइएको हो ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्