Nic Ad Nic Ad
Nic Ad Nic Ad
डकैती

महोत्तरीमा प्रहरीले घुँडामुनी गोली हानेर नियन्त्रणमा लियो डकैती गर्ने व्यक्ति, को हुन् उनी?

सोमबार, असार ३१, २०८१

काठमाडौं– डकैती गर्ने व्यक्तिलाई प्रहरीले घुँडामुनी गोली हानी नियन्त्रणमा लिएको छ। महोत्तरी प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय बीजेन्द्र पासवनलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो। 

आइतबार राति साढे १० बजेतिर महोत्तरीको सोनमा गाउँपालिका–५ खैरवनीस्थित सर्लाही र महोत्तरी सीमाना सितलपुर भन्ने स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

पक्राउ गर्न खोज्दा भाग्ने क्रममा घुँडामुनी गोली हान्नु परेको महोत्तरी प्रहरीको भनाई छ। 

गोली लागेर घाते पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ। पासवान लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिराहा र

सिन्धुलीलगायत सीमा पारी भारतमा पनि पटक–पटक डकैतीमा संलग्न भएको पाइएको छ।

सीमामा अवैध धन्दामा पनि उनको संलग्नता रहेको सूचनाबारे छानबिन हुने प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्