Nic Ad Nic Ad
Nic Ad Nic Ad

शरतसिंह भण्डारी १७ औं पटक मन्त्री, श्रम मन्त्रालयको कमान्ड

सोमबार, असार ३१, २०८१

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सांसद रहेका शरतसिंह भण्डारी १७ औं पटक मन्त्री बनेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी लोसपाको भागमा परेको श्रम मन्त्रालयको कमान्ड गर्दैछन्। 

यसअघि उनले कांग्रेससहितका दलको समर्थन रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारी लिएका थिए। 

एमालेसँग प्रचण्डको गठबन्धन भएपछि उनी मन्त्री पदबाट हटेका थिए। फेरि कांग्रेस र एमालेको गठबन्धनमा ओली प्रधानमन्त्री नियुक्त भएपछि सोही मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन्। 

उनी राष्ट्रिय पञ्चायत सदस्य रहँदा मरिचमान श्रेष्ठ नेतृत्वको सरकारमा सहायक मन्त्री रहेका थिए। उनी निरन्तर विभिन्न दलमा अदलबदल गरी मन्त्री बनिरहने एक मात्र नेता हुन्। 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्