Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली नेतृत्वको सरकारमा पर्साबाटै तीन जना मन्त्री नियुक्त

सोमबार, असार ३१, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्साबाटै तीन जना मन्त्री बनेका छन् ।

पर्सा–१ बाट जितेका प्रदीप यादव, २ बाट जितेका अजयकुमार चौरसिया र ३ बाट जितेका राजकुमार गुप्ता मन्त्री बनेका हुन् । यादवलाई जनता समाजवादी पार्टी (जसपा), चौरसियालाई नेपाली काँग्रेस र गुप्तालाई नेकपा एमालेले मन्त्री बनाएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिरिषदमा यादव खानेपानी तथा सरसफाइ, चौरसिया कानून, न्याय तथा संसदीय मामिला र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

पर्सा-४ बाट निर्वाचित रमेश रिजाल यही संसदीय कार्यकालमै मन्त्री भइसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदमा रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थिए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्