Nic Ad Nic Ad
Nic Ad Nic Ad

१८ महिना देश र जनताको सेवामा समर्पित भएँ : ‘प्रचण्ड’

सोमबार, असार ३१, २०८१

काठमाडौँ - निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथपछि उनले आफू नेतृत्वको सरकार सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्नेहरूप्रति आभार व्यक्त गरेका हुन् ।

उनले आफू तेस्रो पटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिलेको उल्लेख गरेका छन् ।

‘प्रचण्ड’ले भनेका छन्, ‘मेरो नेतृत्वको सरकार सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्नुहुने माननीय मन्त्रीज्यूहरू, सङ्घीय संसद्का माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टिम, निजी क्षेत्र, कानून व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैर आवासीय नेपालीहरूलगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु ।’

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्