Nic Ad Nic Ad
Nic Ad Nic Ad

टिकट काउन्टर नहटाउन काठमाडौं महानगरलाई यातायात मजदुर संगठनको आग्रह

सोमबार, असार ३१, २०८१

काठमाडौं काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल नहटाउन काठमाडौं महानगरलाई यातायात मजदुर संगठनहरुले आग्रह गरेका छन् । 

साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै यातायात व्यवसायीलाई आतङ्कित बनाइएकोले सो कार्य नगर्न नेपाल यातायात मजदुर संघ, अखिल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संघले महानगरलाई साे आग्रह गरेका हुन् । 

एकांकी र निरङ्कुश शैलीले समस्याको समाधान नहुने भन्दै सरोकारवालाहरुसंगको छलफल र सहकार्यमा मात्रै अघि बढ्न महानगरलाई मजदुर नेताहरूको आग्रह छ । 

सोमबार तीनवटै संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि बसपार्क बाहिरका टिकट काउन्टर हटाइने निर्णयलाई रोक्दै महानगरको नेतृत्वमा बनेको कार्यदलको तत्काल बैठक राखेर समस्याको हल खोज्न महानगरलाई अपिल गरिएको छ । 

 

 

majdur-yatay-sangathan-1721035572.jpg
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्