Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिलो राष्ट्रिय यातायात नीति पेश गर्ने मन्त्री दाहालको निर्णय

सोमबार, असार ३१, २०८१

काठमाडौँ- नवनियुक्त मन्त्री देवेन्द्र दाहालले पदभार सम्हालेका छन् । उनले मन्त्रीको शपथ लिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन् ।

उनले पदभार सम्हाल्दै मन्त्रालयमा पहिलो राष्ट्रिय यातायात नीति मन्त्रिपरिपदमा पेश गर्ने निर्णय गरेका छन् । एमालेबाट सरकारमा सहभागी उनको मन्त्रालयमा पहिलो यात्रा हो । एमाले-काँग्रेसको गठबन्धनको सरकार बनेसँगै २२ जना मन्त्रीसहित सरकारले पूर्णता पाएको छ ।

 

दाहाल राष्ट्रिय सभा सदस्य हुन् ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्