Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृहमन्त्री लेखकको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन

सोमबार, असार ३१, २०८१

काठमाडौं- नेपाली कांग्रेसका तर्फबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नवगठित सरकारको गृहमन्त्री बनेका रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।

सोमबार मन्त्रीमा नियुक्त भएका लेखकले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

कार्यदलमा सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुईवटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो ।

सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरूको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस भेटिएका छैनन् ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्