Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्रमन्त्री आरजुलाई भारतीय समकक्षीले दिए बधाई

सोमबार, असार ३१, २०८१

काठमाडौँ- नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय समकक्षीले बधाई दिएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले राणालाई सामाजिक सञ्जाल एक्समार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

उनले परराष्ट्रमन्त्रीको रूपमा राणासँग बहुआयामिक साझेदारीका थप बढाउन मिलेर काम गर्न उत्सुक रहेको पनि बताएका छन् । राणा सोमबार परराष्ट्र मन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्