Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस-एमालेको सम्झौता सार्वजनिक गर्न  रास्वपा सांसदको माग

सोमबार, असार ३१, २०८१

काठमाडौं -नवगठित केपी शर्मा ओली नेतृत्वको सरकारमाथि रास्वपाले प्रश्नै प्रश्न उठाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सोविता गौतमले दुई ठूला दल मिलेर गरेको सम्झौता सार्वजनिक गर्न माग गरिन् ।

उनले नियामक निकायमाथिको राजनीतिक हस्तक्षेप र रजगजबारे सरकारको धारणा के छ ? त्यसबारे प्रष्ट पार्न माग गरिन् ।


त्यस्तै, सांसद तोषिमा कार्कीले दुई ठूला दल मिलेर गठित सरकारमा महिलाको समावेशिता यथेष्ठ नभएको भन्दै आलोचना गरेकी छन् भने दलित समुदायको प्रतिनिधित्व नभएकोप्रति प्रश्न गरेकी छन् । ‘दुई ठूला दलको सरकारमा समावेशिता, सहभागीताको कुरा नारा मात्रै हो ? नत्र खोइ सहभागिता ?’, भन्दै कार्कीले प्रश्न गरेकी छन् ।

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्