Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली सरकारको पहिलो निर्णय- कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाइने

सोमबार, असार ३१, २०८१

 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्काे पहिलो बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।


‘दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ’, ओलीले भनेका छन् ।

उनले कीर्तिपुर स्टेडियमलाई सुविधासम्पन्न बनाउन १० महिनाको समयसीमा तोकिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्