Nic Ad Nic Ad
Nic Ad Nic Ad

पिआर लिनेले कुनै पनि राजनीतिक नियुक्ति नपाउने

सोमबार, असार ३१, २०८१

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पिआर लिने व्यक्तिले मन्त्रालय मातहतका कुनै पनि राजनीतिक नियुक्ति नपाउने गरी पहिलो निर्णय गरेका छन् ।

सोमबार सिंहदरवारस्थित सहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री सिंहले राजनीतिक नियुक्तिको मापदण्ड संशोधन गर्न कानुन तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।


उनले भने, ‘मन्त्रालय मातहतका राजनीति नियुक्तिको लागि एउटा मापदण्ड छ तर त्यसलाई सुधारेर विदेशको पिआर नलिएको हुनुपर्ने र राजनीतिक नियुक्ति हुनेले विदेशको स्थायी बसोबास अनुमति पत्र नलिएको स्वघोषणा गर्नुपर्ने हुन्छ । त्यसको लागि कानुन नै परिमार्जन गर्नुपर्ने भएको निर्णय उक्त कानून परिमार्जनको लागि कानुन मन्त्रालयमा पठाउने निर्णयमा हस्ताक्षर भएको हो।’

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्