Nic Ad Nic Ad
Nic Ad Nic Ad

७ साउनमा संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

सोमबार, असार ३१, २०८१

काठमाडौँ-साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची राखिएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त दिन प्रश्न सोध्न चाहने सांसदले ४ साउनभित्र प्रश्न टिपाउन आग्रह गरे । प्रश्न सोध्न चाहने सांसदले प्रतिनिधि सभाको सचिवालयमा लिखित प्रश्न टिपाउनु पर्नेछ ।

प्रतिनिधि सभाको बैठक साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्