Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषदका निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गरिने

सोमबार, असार ३१, २०८१

काठमाडौँ- सरकारले अब मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब २४ घण्टापछि मात्र सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्ता सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोकेको छ ।पहिलो मन्त्रिपरिषद्का निर्णयहरुबारे सञ्चारकर्मीहरूलाई जानकारी दिएका उनले अबका दिनमा भने २४ घण्टापछि मात्र सार्वजनिक गर्ने बताए । कुनै पनि निर्णय परिपक्व हुन समय चाहिने भएकाले यस्तो निर्णय गरेको उनले बताए ।

यदि सार्वजनिक महत्वको कुनै निर्णय सार्वजनिक गर्नुपरे मन्त्रिपरिषद् नै निर्णय गरेर बाहिर ल्याउने उनले बताए ।

यदि अति जरुरी र सार्वजनिक महत्वको विषय भएमा मन्त्रिपरिषद्ले निर्णय गरेर सार्वजनिक गर्न सक्ने मन्त्री गुरुङले बताए । मन्त्रिपरिषद्ले निर्णय गरेको विषय कहिलेकाहीँ मन्त्रीले परिवर्तन गर्न पाउने भन्दै उनले पहिले नै सार्वजनिक गरेमा परिवर्तन गर्न समस्या हुने बताए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्