Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओली सरकारको पहिलो मन्त्रिपरिषदले के–के गर्‍यो निर्णय ?

सोमबार, असार ३१, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ ।

नयाँ सरकार गठन भएर सोमबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


बैठकले बाढी पहिरोमा मृतकका परिवारलाई राहत प्रदान गर्ने, २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त बनाउने, ३०० दिन भित्र किर्तिपुरस्थित क्रिकेट स्टेडियममा फ्लडलाइट र प्याराफिट निर्माण गर्ने, जाजरकोट केन्द्र भएर गएको भूकम्पका प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने, विपदमा बेपत्ता भएका र १० दिनभित्र नभेटिएकाहरुलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

त्यस्तै निमित्त मुख्य सचिव रहेकी लिला देवी गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्