Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री ओली

सोमबार, असार ३१, २०८१

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार सरेका छन् । सोमबार प्रधानमन्त्रीको शपथग्रहणकै दिन उनी बालुवाटार निवास सरेका हुन् ।

सोमबार बालकोट निवासबाट शपथग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओली त्यसपछि सहिद स्मारक गएका थिए । फर्केर एमाले कार्यालय च्यासल गए ।

सिंहदरवारमा पदभार ग्रहण गर्दै मन्त्रिपरिषद् बैठक राखे । साँझ उनी बालुवाटार निवास पुगेका हुन् ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्